खेलकुद

बायर्न म्युनिखको नयाँ प्रशिक्षकमा भिन्सेन्ट कम्पनी

By खबरहब

May 30, 2024

काठमाडौं– जर्मन क्लब बायर्न म्युनिखले भिन्सेन्ट कम्पनीलाई आफ्नो मुख्य प्रशिक्षक बनाएको छ । कम्पनीले बायर्न म्युनिखसँग तीन वर्षको सम्झौता गरेका छन् ।

यस्तै, बायर्न कम्पनीलाई प्रशिक्षक बनाउन बर्नलीलाई १२ मिलियन युरो तिर्न सहमत भएको छ ।

यस सिजनमा प्रिमियर लिगबाट रेलिगेसनमा परेको बर्नलीका प्रशिक्षक रहेका कम्पनीको क्लबमा सन् २०२८ सम्म सम्झौता रहेको थियो ।

यस सिजनमा कुनै ट्रफी जित्न नसकेको बायर्नले दिर्घकालिन रुपमा प्रशिक्षकको समस्या समाधान गर्न कम्पनीलाई भित्र्याएको बताइएको छ ।

हालका प्रशिक्षक थोमस टुचेल यो सिजनको अन्त्यसँगै क्लबबाट बिदा भएका छन् । बायर्न यस सिजनमा लिगमा तेस्रो भएको थियो भने च्याम्पियन्स लिगमा सेमिफाइनलमा रियल म्याड्रिडसँग पराजित भएको थियो ।