राजनीति

प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता

By खबरहब

May 30, 2024

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

उनीहरुबीच झण्डै ४५ मिनेट भएको भेटमा संघीय र प्रदेश सरकारलाई सुदृढ बनाउँदै लैजाने विषयमा छलफल भएको बताइएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासग भेट गरे लगत्तै खनालले आज प्रधानमन्त्री दाहाललाई भेटेका हुन् ।