फोटो फिचर

श्रमाधान रोजगार मेला (तस्बिरहरु)

By खबरहब

May 30, 2024

विराटनगर– कोशी प्रदेशको विराटनगरमा आजबाट श्रमाधान रोजगार मेला शुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विराटनगरबाट ‘श्रमाधान रोजगार मेला’को शुभारम्भ गरेका छन् ।

कोशी प्रदेशबाट शुभारम्भ गर्ने रोजगार मेला सातै प्रदेशमा क्रमश आयोजना गरिने छ । कोशी प्रदेशको राजधानी विराटनगरमा बिहीबार र शुक्रबार मेला सञ्चालन हुने छ ।

मोरङको विराटनगरस्थित सिटी प्यालेस होटल एन्ड रिसोर्टमा बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको ‘श्रमाधान रोजगार मेला’ रोजगारीको खोजी गरिरहेका दक्ष जनशक्तिका लागि जागिर पाउने उपयुक्त थलो बन्न सक्ने आयोजकले जनाएको छ ।