मनोरञ्जन

वर्षालाई लिएर छायांकनमा निस्कियो ‘छक्का पञ्जा- ५’को टिम 

By खबरहब

May 30, 2024

काठमाडौं– दीपक–दीपाको टिमले ‘छक्का पञ्जा– ५’ छायांकन सुरु भएको छ । सुपरहिट फिल्मको पाँचौ श्रृखंलामा नायिका वर्षा सिवाकोटी अनुबन्ध भएको जानकारी दिँदै टिम छायांकनमा निस्किएको हो ।

भक्तपुरको सूर्यविनायक मन्दिरमा शुभ मुहूर्त गरी छायांकन सुरु भएको लेखक एवं नायक दीपकराज गिरीले खबरहबलाई जानकारी दिए । 

दीपकराजका अनुसार टिमले यो पटक राजनीतिबाट टाढा रहेर सामाजिक कथामा फिल्म बनाउन लागेको छ । ४५ दिनको छायांकनको काम सक्ने उनीहरुको लक्ष्य रहेको छ । 

यो फिल्म काठमाडौं र पोखराका विभिन्न स्थानमा छायांकन गरिने बताइएको छ । फिल्ममा अहिलेसम्म दीपकराज, केदार घिमिरे र सिवाकोटी पक्का भएका छन् । अन्य कलाकारका बारेमा निर्माण पक्षले केही समयपछि जानकारी दिने बुझिएको छ । 

दीपाश्री निरौलाको निर्देशन रहने यो फिल्म प्रदर्शन मिति असोज २४ गते फुलपातीलाई तोकिएको छ ।