बजेटपछि निरन्तर घट्तो ट्रेन्डमा शेयर बजार, बिहीबार १९.८९ अंकले घट्यो

By खबरहब

May 30, 2024

काठमाडौं– आगामी आर्थिक वर्षको बजेट भाषण भएको दोस्रो दिन पनि शेयर बजार घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.८९ अंकले घटेको छ ।

आज नेप्से ०.९५ प्रतिशतले घटेर १०६९ विन्दुमा पुगेको छ । बिहीबार ४ अर्ब २१ करोड ७४ लाख ९४ हजार रुपैयाँ बराबरको ९८ लाख ६४ हजार ४८२ कित्ता शेयर ६१ हजार ७२ पटक किनबेच भएको छ ।

बिहीबार ३११ वटा कम्पनीको शेयर कारोबार हुँदा ७० वटा  कम्पनीको शेयर मूल्य बढ्दा १७३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।  

आज सेन्सेटिभ इन्डेक्स ३.९० अंकले, फ्लोट इन्डेक्स १.७० अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.७६ अंकले घटेको छ । 

१३ समूहमध्ये ३ वटा समूहको शेयर मूल्य बढेको छ भने १० वटा समूहको शेयर मूल्य घटेको छ । सबैभन्दा बढी उत्पादन समूहको शेयर मूल्य बढेको छ भने सबैभन्दा बढी होटल एण्ड टुरिजमको घटेको छ । 

उत्पादन ८२.५८ अंकले बढेको छ भने होटल एण्ड टुरिजम १३९.१३ अंकले घटेको छ ।