अन्तर्राष्ट्रिय

इरानमा राष्ट्रपतिपदको उम्मेदवारी दर्ता सुरु

By खबरहब

May 30, 2024

काठमाडौं– इरानमा हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका इब्राहिम रायसीको स्थानमा अर्को महिना हुने राष्ट्रपतिपदको निर्वाचनका लागि बिहीबारदेखि उम्मेदवारको औपचारिक दर्ता सुरु भएको छ ।

राष्ट्रपति निर्वाचनका लागि स्थानीय समयअनुसार बिहान ८ बजेदेखि गृह मन्त्रालयमा उम्मेदवारी दर्ता सुरु भएको छ ।

राष्ट्रपतिपदका आकांक्षीलाई दर्ता गर्न पाँच दिनको समय दिइने इरानी समाचार संस्थाले जनाएका छन् । 

सन् २०२५ का लागि चुनाव हुने पूर्व निर्धारित कार्यक्रम भएपनि मे १९ मा रायसीको अप्रत्यासित निधनपछि निर्वाचन अघि सारिएको हो । 

उत्तरी इरानको कुहिरोले ढाकेको पहाडमा विमान दुर्घटनाग्रस्त हुँदा दिवङ्गत राष्ट्रपति राईसी र विदेश मन्त्री हुसेन अमिर अब्दोल्लाहियानसहित टोलीका सात सदस्यको मृत्यु भएको थियो ।