राष्ट्रपति रामचन्द्र पौडेल। फाइल तस्बिर

समाचार

राष्ट्रपति पौडेल आगामी जेठ ३१ गते स्विट्जरल्यान्ड र जर्मनी जाने

By खबरहब

May 30, 2024

काठमाडौं- सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण स्वीकृत गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलको भ्रमण कार्यक्रम स्वीकृति गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी जेठ ३१ गते स्विट्जरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ अधिवेशनमा भाग लिन जानेछन् । त्यसपछि उनी जर्मनीको भ्रमणमा जानेछन् ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले नेपाल न्याय सेवातर्फको राजपत्राङ्कित विशिष्ठ श्रेणी (सचिव) पदमा खेमराज ज्ञवाली, यामबहादुर बुढामगर र भद्रकाली पोखरेललाई बढुवा गरेको छ ।

उनीहरूलाई क्रमशः नायव महान्यायाधिवक्ता, न्यायापरिषद सदस्य र रजिस्टार पदमा पदास्थापना गरिएको छ ।

मन्त्रिपरिषद्ले तिलगंगा आँखा अस्पताल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा‍ पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । आजैको मन्त्रिपरिषद्‍बाट वन दोस्रो संशोधन नियमावली २०२१ पनि स्वीकृत गरिएको छ ।