तस्बिर : न्युज एसएक्स

देश/प्रदेश

दाङमा तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो

By खबरहब

May 30, 2024

दाङ – विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरूमा तापक्रम बढ्दो क्रममा छ । तराईमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी मापन गरिएको छ ।

बिहीबार दाङमा यो वर्षकै धेरै गर्मी भएको छ । जल तथा मौसम फिल्ड कार्यालय घोराहीका अनुसार आजको दाङको अधिकतम तापक्रम ४० दशमलव २ डिग्री सेल्सीयस मापन गरिएको छ ।

यस्तै न्युनतम तापक्रम २७ डिग्री सेल्सीयस मापन गरिएको छ । पछिल्लो साता अधिकतम तापक्रम निरन्तर उकालो लागेपछि गर्मी अत्याधिक भएको हो ।

गर्मीका कारण दाङको घोराही, तुलसीपुर, लमही, गढवा लगायतका पालिकामा भोलिदेखि विद्यालय समेत बन्द गरिने भएको छ ।