फाइल फोटो

देश/प्रदेश

दार्चुलाको तिंकर नाका सञ्चालनमा आउने

By खबरहब

May 30, 2024

दार्चुला –दार्चुलाको तिंकर नाका सञ्चालनमा आउने भएको छ ।

आगामी असार ११ गतेदेखि चीनको तिब्बतसँग जोडिएको तिंकर नाका सञ्चालनमा आउने भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए ।

चीनको तिब्बत ९बुराङकाउन्टी०का जनप्रतिनिधि, सुरक्षा अधिकारी र नेपालका तर्फबाट दार्चुलाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुसँग आज भएको दुईपक्षीय कुराकानी भएपछि असार ११ गतेदेखि तिंकर नाका रुपमा सञ्चालनमा आउन लागेको हो ।

सुरक्षा निकायका प्रमुखहरुले चिनियाँ सुरक्षा अधिकारीसँग सामाजिक सञ्जाल (वीच्याट)बाट नाका सञ्चालन गर्ने विषयमा कुराकानी भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए ।

कोरोना सङ्क्रमणका कारण विसं २०७६ यता उक्त नाका बन्द छ ।