खेलकुद

युरोकप २०२४ : स्वीट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश

By खबरहब

June 30, 2024

काठमाडौं– जर्मनीमा जारी युरोकप फुटबलमा स्वीट्जरल्याण्डसँग इटाली स्तब्ध बनेको छ ।

गएराति भएको अन्तिम १६ को खेलमा साविक विजेता इटालीलाई २–० गोलले स्तब्ध पार्दै स्वीट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

स्वीट्जरल्याण्डका रेमो फ्रिउलार र रुबेन भार्गासले एक–एक गोल गरेका थिए ।

खेलको ३७औँ मिनेटमा स्वीट्जरल्याण्डका फ्रिउलारले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, ४६औँ मिनेटमा भार्गासले गोल गर्दै अग्रतालाई दोब्बर बनाए ।

त्यसपछि दुवै तर्फबाट थप कुनै गोल नभएपछि स्वीट्जरल्याण्ड २–० गोलले विजयी भयो ।

 

यो जितसँगै स्वीट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने इटाली प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको छ ।

अब स्वीट्जरल्याण्डले क्वार्टरफाइनलमा इंग्ल्याण्ड र स्लोभाकियाबीचको विजेतासँग खेल्नेछ ।