खेलकुद

कोपा अमेरिका : पेरुलाई हराउँदै अर्जेन्टिना समूह विजेता

By खबरहब

June 30, 2024

काठमाडौँ– कोपा अमेरिका फुटबलमा शतप्रतिशत नतिजा निकाल्दै अर्जेन्टिना समूह ‘ए’ को विजेता बनेको छ ।

आज बिहान भएको खेलमा पेरुलाई २–० गोलले पराजित गर्दै अर्जेन्टिनाले समूह चरणमा शतप्रतिशत जित निकालेको हो ।

अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले दुई गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो ।

मार्टिनेजले खेलको ४७औँ र ८६औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई जित दिलाएका थिए ।

यसअघि नै क्वार्टरफाइनलमा स्थान पक्का गरिसकेको साविक विजेता अर्जेन्टिना ३ खेलबाट ९ अंकसहित समूह ‘ए’ को विजेता बनेको छ । १ अंक जोडेको पेरु पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

यता ४ अंक भएको क्यानडा समूह उपविजेताको रूपमा क्वार्टरफाइनलमा पुगेको छ ।