समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

By खबरहब

June 30, 2024

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक २०८१ माथि छलफल गरी पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

यसैगरी ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।