समाचार

सम्पदा पुनर्निर्माण गर्दै ललितपुर महानगर

By खबरहब

June 30, 2024

ललितपुर– भूकम्पले भत्किएका मठमन्दिर, ढुङ्गेधारा र पाटीपौवा पुनर्निर्माणमा ललितपुर महानगर सक्रिय रूपमा लागेको छ ।

भूकम्पमा क्षति भएका पुनर्निर्माण गर्न बाँकी सम्पदाको मर्मतसम्भार र पुनःस्थापनालगायत काम प्रारम्भ भएको ललितपुर महानगरपालिका– ४ का अध्यक्ष सन्तोष खड्काले जानकारी दिए ।

त्यसैगरी ललितपुर महानगरपालिका– २१ का वडाध्यक्ष राजेन्द्र महर्जनले पनि आफ्नो वडामा करिब १५ वटा ऐतिहासिक सम्पदा रहेका तथा बिग्रे–भत्केका सम्पदा संरक्षणतर्फ वडा जुटेको बताए ।

महानगर क्षेत्रभित्रका चार सय पोखरी पनि मर्मतसम्भारको चरणमा रहेका जनाइएको छ ।

ललितपुरका पाटीपौवा र सम्पदाको अनुसन्धान गरेका प्राध्यापक रामकुमार पन्तका अनुसार भूकम्पले भत्काएका धेरै पुरातात्विक महत्वका सम्पदा पुनर्निर्माण भएका छन् ।