राजनीति

नेता शुक्ला भन्छन् : संविधान संशोधन गर्ने बेला भइसक्यो

By खबरहब

June 30, 2024

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सर्वेन्द्रनाथ शुक्लाले संविधान संशोधनको आवश्यकता भइसकेको बताएका छन् ।

नेकपा एकीकृत समाजवादीको आइतबार प्रज्ञा भवनमा सुरु दशौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘संविधानको संशोधन हुनुपर्छ भन्ने आवाज भारी बहुमतद्वारा आइसकेको छ’, उनले भने, ‘अब संविधान संशोधन हुन जरुरी छ । मलाई लाग्छ नीति र सिद्धान्त अलग भए पनि विकासको बाटो रोजेर अगाडि बढ्न संविधान संशोधन चाहिएको छ ।’