ब्रेकिङ स्टोरी

सभापति देउवाले गरे माधव नेपालको प्रशंसा

By खबरहब

June 30, 2024

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राजनीति प्रणाली रक्षाका लागि महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

एकीकृत समाजवादीको १० औं महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार प्रज्ञा भवनमा सम्बोधन गर्दै उनले पूर्वप्रधानमन्त्री नेपालको भूमिका नेपाली राजनीतिको रक्षाका लागि महत्वपूर्ण रहेको बताएका हुन् ।

‘यो पार्टीले अहिलेको राजनीतिको रक्षाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ,’ सभापति देउवाले भने, ‘माधवजीले नेपालको राजनीति रक्षाका लागि महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।’

उनले एकीकृत समाजवादीको महाधिवेशन सफलताको कामनासमेत गरे । ‘म यहाँहरूको महाधिवेशन सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु,’ सभापति देउवाले भने ।