राजनीति

माधवको गुनासो : एमालेतिर फोन, म्यासेज गरेँ, पिए लगाएँ तर कोही आएनन्

By खबरहब

June 30, 2024

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले दशौँ महाधिवेशनमा नेकपा एमालेका कोही नआएकोमा गुनासो गरेका छन् ।

समाजवादीको १० औं महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार प्रज्ञा भवनमा सम्बोधन गर्दै उनले एमालेबाट कोही नआएकोमा चित्त दुखाए ।

‘मैले एमालेका साथीहरूलाई पनि बोलाएको हुँ, म्यासेज पनि गरेको हो । फोन लागेन । उहाँहरुलाई म्यासेज पुगेको थाहा पाएँ तर आउनु भएन’, उनले भने, ‘तीन वर्षअगाडिको घाउ अझै सेलाएको छैन भन्ने मैले बुझेँ । तर यस्ता सानातिना कुरा बिर्सिएर जानुपर्छ ।’

उनले राजनीति सँगसँगै गर्ने भएकाले यात्रा अगाडि बढाउन सच्चिएर अगाडि जानुपर्ने बताए । ‘विगतको कमी कमजोरीलाई पहिल्याउँदै अगाडि जानुपर्छ’, उनले भने, ‘एमाले नेताहरूलाई फोन गरेँ । पिए पनि लगाएँ । म्यासेज पनि पठाएँ । तीन वर्ष अघिको घाउ अब पचाएर जानु उचित हुन्छ । सचिवालयमार्फत खबर पठाउँदा पनि यहाँ कोही देखिनँ ।’