देश/प्रदेश

भैरहवा बैंकरोडका अधिकांश पसलमा पानी पस्यो (फोटोफिचर)

By खबरहब

June 30, 2024

भैरहवा– आइतबार केही बेर भएको वर्षाले भैरहवाको बैकरोडका अधिकांश पसलहरूमा पानी पसेको छ ।

केही समय मात्रै भएको भारी वर्षाले बैकरोडसहित प्रहरी टोल, मिलनचोक, मैत्री पथ लगायतका भैरहवाको मुख्य बजार नै जलमग्न भएको हो । पानीको निकास नभएको कारण सडकमा पानी जमेको छ । नालबाट पानी ओभर फ्लो भएसँगै पसलहरूमा पनि पानी पसेको छ ।

घाम लाग्दा धुलो उड्ने समस्या झेल्दै आएका नगरवासी सडक पानी परेपछि भने हिलाम्य को समस्या खेप्दै आएका छन । भैरहवाको मुख्य बजार बैकरोड मिलनचोकमा पानी जम्दा सवारी चालक र पैदल यात्रीलाई आवतजावतमा प्रहरीले केही समय रोक लगाएको थियो । जिल्ला प्रहरी कार्यालय, भीम अस्पतालको परिसरमा पानी जमेको छ भने अस्पताल अगाडि रहेका पसलहरूमा पानी पसेको छ ।

नगर क्षेत्रमा भइरहेको सडक निर्माणसँगै ढल र नाला निर्माणको काम अव्यवस्थित हुँदा केही घण्टा मात्र परेको वर्षाको पानीले निकास नपाउँदा जलमग्न हुने गरेको छ ।

न्युजकारखाना