मनोरञ्जन

करण ‘नेपाल आइडल’को विजेता हुँदा प्रतिभाको कदर भएको महसुस गरेँ : ओली

By खबरहब

June 30, 2024

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ५’ का विजेता करण परियारलाई बधाई दिएका छन् ।

आइतबार दिउँसो उनले आफ्नै निवास बालकोटमा बोलाएर बर्दियाको बारबर्दिया नगरपालिकाका करणलाई बधाई दिएका हुन् । उनले समय पाएका बेला  करणको गायन प्रतिभा सुनेको बताए ।

ओलीले फेसबुकमा लेखेका छन्, ‘समय पाएका बेला मैले करण परियारको सुमधुर गायन सुनेको थिएँ । नेपाल आइडल सिजन ५ को विजेता घोषित हुँदा प्रतिभाको कदर भएको महसुस गरेको थिएँ । आज भेट भयो, खुसी लाग्यो । फेरि पनि बधाई करण ।’

करणलाई यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत बालुवाटार निवासमै बोलाएर बधाई दिएका थिए । शनिबार सम्पन्न फिनालेमा उनी ‘नेपाल आइडल सिजन ५’ को विजेता चुनिएका हुन् ।