देश/प्रदेश

प्रकाशमानको स्वास्थ्य अवस्थाबारे बुझ्न चाक्सीबारी पुगे देउवा

By खबरहब

June 30, 2024

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेता प्रकाशमान सिंहको स्वास्थ्य अवस्थाबारे बुझ्न चाक्सीबारी पुगेका छन् ।

उपचारपछि स्वदेश फर्किएका नेता सिंहको स्वास्थ्य अवस्थाबारे बुभ्mन देउवा आइतबार चाक्सीबारी पुगेका हुन् ।

नेता सिंह स्वास्थ्य उपचार गराएर गत शुक्रबार भारतको नयाँ दिल्लीबाट काठमाडौं फर्किएका थिए । वीर अस्पताल तथा अन्य अस्पतालका समेत विशेषज्ञ डाक्टरहरूले उपचारका लागि सुझाएपछि उनी करिब एक महिना अघि प्रोस्टेटको उपचार गर्न नयाँ दिल्ली गएका थिए ।

सुरुमा उनले वीर अस्पतालमा स्वास्थ्य परीक्षण तथा चिकित्सकसँग परामर्श गरेका थिए । त्यसपछि उनले ललितपुरस्थित मेडिसिटी अस्पतालमा पनि चेकजाँच र परीक्षण गराएका थिए । तर, यी दुवै अस्पतालमा समस्या पहिचान हुन नसकेपछि नेता सिंह चिकित्सककै सल्लाहमा दिल्ली गएका हुन् ।