क्रिकेट

विश्वकप विजेता भारतीय टोलीले १२५ करोड भारु पुरस्कार पाउने

By खबरहब

June 30, 2024

नयाँ दिल्ली । आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि जित्ने भारतीय क्रिकेट टोलीले १२५ करोड भारतीय रुपैयाँ पुरस्कार पाउने भएको छ ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले टोलीलाई उक्त रकम पुरस्कार दिने घोषणा गरेको हो । बीसीसीआईका सचिव जय शाहले सामाजिक सञ्जाल एक्स मार्फत भारतीय टोलीले प्रतियोगिताभरि असाधारण खेल प्रदर्शन गरेको भन्दै उक्त रकम पुरस्कार दिन लागिएको जानकारी दिएका छन् ।

उनले यस अद्भुत उपलब्धिको लागि सबै खेलाडी, प्रशिक्षक र सहयोगी स्टाफलाई बधाई समेत दिएका छन् ।

उनले लेखेका छन्, ‘आईसीसी पुरुष टी–२० विश्वकप २०२४ जित्ने भारतीय टिमलाई १२५ करोड रुपैयाँको पुरस्कार घोषणा गर्न पाउँदा म खुसी छु । भारतीय टोलीले प्रतियोगिताभरि असाधारण खेलकुद प्रदर्शन गरेको छ। यो उपलब्धिको लागि सबै खेलाडी, प्रशिक्षक र सहयोगी स्टाफलाई बधाई छ ।’

शनिबार भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले १७ वर्षपछि विश्वकप क्रिकेटको उपाधि जितेको थियो ।