क्रिकेट

श्रीलंकाविरुद्ध सिरिजमा लगातार दुई जित निकालेको भारत तेस्रो खेल खेल्दै

By खबरहब

July 30, 2024

काठमाडौं – श्रीलंकाविरुद्धको टी-२० सिरिजमा भारतले मंगलबार तेस्रो खेल खेल्दैछ । यसअघि लगातार दुई खेलमा जित निकालेको भारत उच्च मनोबलका साथ मैदानमा हुनेछ ।

पहिलो खेलमा ४३ रनको जित निकालेको भारतले वर्षाका कारण अवरुद्ध भएको दोस्रो खेलमा डिएलएस पद्धतिमा ७ विकेटको जित निकालेको थियो। तेस्रो खेल मंगलबार साँझ ७ः१५ बजे सुरु हुनेछ।

सूर्यकुमार यादवको कप्तानीमा श्रीलंका भ्रमणमा रहेको भारतले सिरिज उचाल्ने लक्ष्य राखेको छ । भारतका प्रमुख प्रशिक्षक गौतम गाम्भीरले नयाँ कप्तानसहितको टिमलाई महत्त्व दिएका छन् ।

भारतको क्रिकेटमा नयाँ युगको सुरुवात गर्ने घोषणा गरेका गाम्भीरले सूर्यकुमारलाई कप्तान बनाएका हुन्। यो सिरिजलाई प्रशिक्षक गाम्भीर र कप्तान यादवको अग्नि परीक्षाको रुपमा लिइएको छ।

यो पनि पढ्नुहोस्

श्रीलंकाविरुद्धको सिरिजमा भारतको लगातार दोस्रो जित

सूर्यकुमारको कप्तानी : पहिलो खेलमा श्रीलंकामाथि भारत ४३ रनले विजयी