दुई दाजुभाइ नदी किनारामा घुम्न गएछन्। घुम्दै जाँदा झुक्किएर भाइले दाइको खुट्टा कुल्चिएछ। दुखेर छटपटाएको दाइले भाइलाई एक झापू मारेछ। दाजुको मुक्काको कुनै प्रतिवाद नगरी भाइले बालुवामा लेख्यो- ‘खुट्टामा कुल्चिएकाले मलाई दाइले आज एक थप्पड हिर्काउनु भयो।’
भोलिपल्ट ती दाजुभाइ नदीमा नुहाउन गएछन्। नुहाउने क्रममा भाइलाई नदीको भेलले बगायो। त्यतिबेलै पानीमा हाम्फालेर दाइले भाइको उद्धार ग-यो। सामान्य अवस्थामा पुगेपछि भाइले नजिकैको ढुंगामा लेख्यो- ‘नुहाउने क्रममा नदीले बगाउँदा दाइले मलाई बचाउनु भयो।’
भाइको व्यवहारले चकित बनेको दाइले सोध्यो-‘होइन, हिजो मैले थप्पड हान्दा तिमीले बालुवामा लेख्यौ। तर आज मैले बचाउँदा किन ढुंगामा लेखेको ?’ दाजुको प्रश्नमा भाइको उत्तर थियो- ‘आमाले सिकाउनु भएको थियो, जिन्दगीमा नराम्रा कुरा सधैँ बालुवामा लेख्नु पर्छ, जसबाट ती कुरा छिटो मेटिएर जाओस्। अनि राम्रा कुरा ढुंगामा लिपिवद्ध गर्नुपर्छ ताकि ती कुरा सधैँ अजर अमर रहिरहून।’ भाइको कुरा सुनेर दाजुले भाइलाई हेरिरह्यो। दाजुले मनमनै सोचिरहेको थियो- ‘साँच्चै कति छिटो ठूलो भएछ मेरो फुच्चे भाइ।’
केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहालले गल्ती सच्याउने यस्तै प्रयास गरेका भए यतिबेला समृद्धिको गाडी धेरै अघि बढिसक्थ्यो। देश उकालो लाग्न तथ्यांक, मिथ्यांक नभएर जनताको आत्मविश्वास पहिलो र अन्तिम सर्त हो। राष्ट्रियता जमिन, जंगल, जलमा नभएर मनमा फुल्छ। ‘म’ बाट ‘हामी’ भावको प्रवेश नै राष्ट्रियताको मूल बिन्दु हो। राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीका भाषण कागजी फूल हुन्। न त्यसमा कुनै पराग हुन्छ, न मौरीको आकर्षण नै। सरकार दुई तिहाईको त छ तर समृद्धिको उज्यालो प्रधानमन्त्री नामको रोबर्ट बाहेक कसैले त्यो रंग देख्दैन।
‘समृद्ध नेपाल, सुखी नेपाली’ नामक जहाजका क्याप्टेन यति कमजोर छन् कि सामाजिक सञ्जालमा एउटा सानो प्रतिक्रियाको कुहिरो देख्ने बित्तिक्कै आत्तिएर जहाज मोडिहाल्छन्। नेपाली राजनीतिको समस्या यहीँ छ। अहिले गरिएको मौसमको प्रक्षेपण एकहप्ता पछि ठ्याक्कै मिल्छ। तर भोलिपल्ट ढल्न लागेको सरकारको छनक त्यो सरकारका हेडसरले २४ घण्टा अघिसम्म पाउँदैनन। ०८४ सालसम्म निष्कन्टक सरकार चलाउने गफ हानिरहेका प्रचण्ड कांग्रेस-एमालेको रातारातको गठजोडले ऐय्या पनि भन्न नपाई भुंग्रोमा परे। भक्कानिएको मन लिएर सराप्दै गद्दी छोड्ने पूर्वप्रधानमन्त्रीको परम्परालाई उनले निरन्तरता दिए। स्याण्डवीच बनेको पत्तो पाउँदा अर्काले दौरा सुरुवाल लगाइसकेको थियो।
हाम्रो राजनीतिक सामाजिक अध्ययन र प्राज्ञिक धरातलबाट निर्देशित छैन। बरु राणाले घोडा चढ्न नदिएको आक्रोशमा काँग्रेस बनेकाहरु क्रान्तिका भीष्म पितामह बनेका छन्। पढाईमा भुस भएकाहरु बुर्जुवा शिक्षाको विरोध गर्दै राजनीतिमा होमिएका कथित क्रान्तिकारी कम्युनिष्ट बनेका छन्।
काम गरेर खान जाँगर नलागेपछि बन्दुक देखाएर सित्तैमा खान पल्केकाहरु रातारात गणतन्त्रका अभियन्ता दरिए। देश केक बनाउन पाए ‘छोटे महाराज’को सपना देख्नेहरु मधेशवादी, जातिवादी र धर्मभीरु बनेर देखा परेका छन्। राजनीतिको यही विरुप बाछिटाका कारण गरी खाने मानिसका लागि यो देश सिउँडी बन्दै गएको छ।
काम गरेर खान जाँगर नलागेपछि बन्दुक देखाएर सित्तैमा खान पल्केकाहरु रातारात गणतन्त्रका अभियन्ता दरिए। देश केक बनाउन पाए ‘छोटे महाराज’को सपना देख्नेहरु मधेशवादी, जातिवादी र धर्मभीरु बनेर देखा परेका छन्। राजनीतिको यही विरुप बाछिटाका कारण गरी खाने मानिसका लागि यो देश सिउँडी बन्दै गएको छ।
सरकारले गरेको निर्णय दलालले एक सेकेण्डमा एक सय असी डिग्री परिवर्तन गरिदिन्छन्। किनेकोका अगाडि चिनेको धर्मराउँदै गएको छ। कांग्रेस, एमाले, माओवादी जमिनबाट माथि उठेका नेताहरुका लागि कार्यकर्ता बिझाउन थालेका छन्। बहुदल आएपछि तीन दशकयता एउटै पात्र र प्रवृत्तिले क्रान्तिकारीका धार भुत्ते बनाइदिएका छन्।
पहिला पहिला कांग्रेस कांग्रेससँग अनुगृहित भएर काम गरिदिन्थ्यो। एमाले, माओवादीमा यही सिद्धान्त लागू हुन्थ्यो। अहिले त अहँ त्यस्तो छैन। हरेक पार्टीका मान्छेले दलालमार्फत आफ्नै गोत्रीयलाई शुभलाभ दस्तुर असुल्नु पर्छ।
एउटै खेतालोले बालकोट, भैंसेपाटी र बुढानिलकण्ठको सबै आवश्यकता पूरा गरिदिन्छ। चाकरी र ढोगभेटसँगको सगुन पार्टीको सिद्धान्त र कार्यकर्ताभन्दा माथि हुन्छ। जनता, पार्टीको घोषणापत्र, विधि विधान त काम नगर्नका लागि बाहना बनाउने माध्यम मात्र हुन्। पञ्चायतको मूल हाँगोमै समृद्धिको इन्द्रेणी फले फुलेको छ। गणतन्त्र त झन् पञ्चायतको कलमी विरुवाबाट उत्पादित बालीजस्तै भएको छ। नेपालमा देखिएका बहुरुपी चरित्र र अराजनीतिक परिवर्तन हिन्दी फिल्मीको तीन घण्टे दृश्यभन्दा अविश्वसनीय लाग्छ।
सरकारका नयाँनयाँ मन्त्रीलाई लाग्छ- सृष्टिको शुरुवात उनीहरुले शपथ लिएपछि बल्ल शुरु भएको हो। भात खाँदै यो सिंढीमा उक्लिएकाहरु ‘भूजा ज्यूनार’को यात्रामा लाग्छन्।
सरकारका नयाँनयाँ मन्त्रीलाई लाग्छ- सृष्टिको शुरुवात उनीहरुले शपथ लिएपछि बल्ल शुरु भएको हो। भात खाँदै यो सिंढीमा उक्लिएकाहरु ‘भूजा ज्यूनार’को यात्रामा लाग्छन्। सेना, पुलिसको बनावटी रजगजमा रमाउन पुग्छन्। सोचे जति र खोजे जति सेवा हाजिर हुन्छ। फूलमाला र खादासँग अहोरात्र भेट भइरहन्छ। यसो भएपछि त आफ्नो भाषण उद्गारमा परिणत भएको भ्रम उत्पन्न हुन थाल्छ। शब्द ब्रह्म वाक्य रहेको भान पर्न थाल्छ। कुर्सीले कालिदासलाई रातारात चाणक्य बनाउँछ। साइलकहरु सरस्वतीका वरद्पुत्र ठहरिन्छन्।
पानीमरुवाहरु वीर हनुमान कहलाइन्छन्। गाउँका कुखुरा चोरहरु मन्त्री हुनासाथ विदुर नीतिका व्याख्याता हुन पुग्छन्। अनि तीन करोड जनतालाई उल्लू बनाइन्छ- यही हो प्रजातन्त्रको सुन्दर अभ्यास भनेर।
अहिले त झन् अराजकतालाई संघीय र समावेशी गणतन्त्रको पदवी भिराइने अभ्यास तीब्र गतिमा भएका छन्। प्रधानमन्त्री ओलीको बारम्बार दलील हुने गर्छ- राजनीतिक पात्र र प्रवृत्तिको विरोध गर्नु संघीय गणतन्त्रको खिलाफमा उत्रनु हो। जनताको सरकार कस्तो हुनुपर्छ ? रामायणमा एउटा धोवीले शंका गर्दा अयोध्याका राजा रामले आफ्नी पत्नीलाई अग्निपरीक्षामा होमेका थिए।
आफ्नै देशको एक चौथाइ भागमा नाम नसुनिएका मन्त्रीहरुको अर्ती, मुलुकको आर्थिक विकासमा २.६ प्रतिशत योगदानमा सीमित निजीक्षेत्रको फूर्ति कसैलाई पचेको छैन्। जब एक व्यक्ति भ्रमले ग्रस्त हुन्छ, उसलाई पागल भनिन्छ। जब धेरै मानिस भ्रमले ग्रस्त हुन्छन, त्यसलाई धर्म भनिन्छ। अहिले जताततै झूटलाई धर्म मान्ने संस्कृति हावी भएको छ। निसन्देह राजनीतिक स्वतन्त्रताले संसारमा भोकाहरुको पेट भरिएको उदाहरण छैन।
जब धेरै मानिस भ्रमले ग्रस्त हुन्छन, त्यसलाई धर्म भनिन्छ। अहिले जताततै झूटलाई धर्म मान्ने संस्कृति हावी भएको छ। निसन्देह राजनीतिक स्वतन्त्रताले संसारमा भोकाहरुको पेट भरिएको उदाहरण छैन।
२०१५ सालमा प्रधानमन्त्री हुँदा बीपी कोइरालाले मन्त्रिपरिषद् पहिलो बैठकमा प्रधानमन्त्रीले पाउने तलब सुविधाबाट एक हजार कट्टी गरेर जनताप्रति ममता देखाएका थिए। पृथ्वीनारायण शाहले बिसे नगर्चीबाट एक रुपियाँ चन्दा लिएर एकीकरणको महाभियान सुरु गरेका थिए। भला यसले देश विकास त नहोला रे तर नेतालाई राजनेता बनाउने भनेकै यस्तै क्रियाकलापले हो। ठूलो भएर के गर्नु कैंचीले छुट्याउने काम गर्छ तर हेपिएको त्यही सानो सियोले हरदम जोड्छ। त्यसैले मानिसले जोडिने कर्म गर्नुपर्छ। फाटेको त बादल मात्र राम्रो हो नि।
सिक्न टाढा जानै पर्दैन। मानिसले किन दुःख पाउँदो रहेछ भन्ने उत्तर खोज्न निस्कँदा सिद्धार्थ राजकुमार भगवान गौतम बुद्ध भएर प्रकट भए। कार्पेन्टरको छोरो यशुक्रिष्ट भएर उदाउलान भनेर कसले विश्वास गरेको थियो ? हामीले प्रजातन्त्रको जननी बेलायतलाई मान्यौं तर हामी त्यस्तो पावन भूमिका नागरिक हौं, जनकपुरका राजा जनकले आफ्नी छोरी सीताको विवाह गर्दा समेत प्रजातान्त्रिक प्रक्रिया अपनाएर बरको छनौट गरे। धनु उठाउने प्रतिस्पर्धामा अब्बल ठहरिएपछि अयोध्याका राजकुमार रामले सीताको हात थाम्ने अवसर पाए। धार्मिक ग्रन्थबाट नै लोकअभ्यास गरिएको त्यो भूमि अहिले एकादेशको सन्नाटा जीवन बाँचिरहेको छ। सबैको अस्तित्व देखिने सलादजस्तो लोकतन्त्र छोडेर हामी जसको लाठी, उसको भैंसीतर्फ उन्मुख छौं।
श्रीलंकाबाट प्रेरित लिक्वानले सिंगापुरे जनतालाई यस्तो हिरा बनाइदिए जुन देशका नागरिकले विश्वका कुनै मुलुक टेक्दा पनि कुनै तगारो लाग्दैन्। उनले विदेशीको रेडिमेड माछा कहिल्यै स्वीकारेनन्। बरु बल्छी मागेर जनतालाई माछा मार्न सिकाए। पाउरोटीको साटो पाउरोटी बनाउने सीपको अभियान छेडे। हाम्रा नेताहरु भने आफ्ना युवालाई खाडी पठाउन हौसिए। तर त्यहाँका मोहम्मद महाथिरले देश बनाउन गरेको योगदान चटक्कै बिर्सिए।
श्रीलंकाबाट प्रेरित लिक्वानले सिंगापुरे जनतालाई यस्तो हिरा बनाइदिए जुन देशका नागरिकले विश्वका कुनै मुलुक टेक्दा पनि कुनै तगारो लाग्दैन्। हाम्रा नेताहरु भने आफ्ना युवालाई खाडी पठाउन हौसिए। तर त्यहाँका मोहम्मद महाथिरले देश बनाउन गरेको योगदान चटक्कै बिर्सिए।
केही वर्षअघि भेनेजुयलाका राष्ट्रपति ह्युगो चाभेज मर्दा ते-हदिने दाजुभाइ बिते जसरी अनुहार बिगार्ने नेताहरु चाभेजले जस्तो जनतालाई समृद्ध बनाउने काममा नौ नारी गलाएर बसे। आफ्ना जनतालाई ५० पैसा लिटर तेल उपलब्ध गराउने चाभेजको लोकप्रियता कति होला ? अनुमान मात्र गर्न सकिन्छ। जो मानिस एक्लो उभिन्छ, उही महान हो। चाभेजले बाचुन्जेल अमेरिकाजस्तो देशलाई च्यालेन्ज गरिरहे। अन्तिम अवस्थामा पनि छिमेकी देश ब्राजिलमा उपचार गरे तर युरोप, अमेरिका टेकेनन्।
लाटो छोराले बाउ घुक्र्याएजस्तो छिमेकीलाई मनपरी भन्ने अनि आङ्मा सुके लुतो निस्कियो भने उसैले पठाइदिएको एयर एम्बुलेन्स चढेर राष्ट्रियताको पाखण्डी गीतामा शायदै अरु देशका नेता रमाउँछन्। गुलियो बचन बोल्ने त बोल्ने भइगो, कलबिख तीतो बोल्ने पनि अन्ततः प्रायोजित विज्ञापनको कलाकार रहेको भेद खुल्ने गरेको छ। मान्छे हैन, रोबर्ट मान्छे बोल्ने गरेको छ। गाई विभिन्न रंगका भएपनि दूध सेतै हुन्छ। अलग अलग धर्मको शैली अलग भएपनि आखिर त्यसको निष्कर्ष एउटै हुन्छ- मानिसले शुभ कर्म गर्नुपर्छ।
नीति भन्छ- अन्यायपूर्वक आर्जन गरेको धनबाट महान फल दिने ठूला ठूला यज्ञ गर्नाले त्यति धर्म हुँदैन जति न्यायोपार्जित थोरै भए पनि श्रद्धापूर्वक दान दिनाले हुन्छ। न्यायपूर्वक उपार्जन गरेको धनबाट जीवन निर्वाह गर्ने तथा दानको महत्त्व थाहा पाउने व्यक्तिले दान र तपस्याबाट स्वर्गलोक प्राप्त गर्दछ। शिक्षाको सुरुवात किताबबाट होइन, कोक्रोबाट हुनुपर्छ। ज्ञानका हकदार शिक्षक नभएर गुरु हुन्।
शिक्षकले सूचना दिन्छन् भने गुरुले ज्ञान। ज्ञानले बाँच्ने कला सिकाउँछ। तर सूचनाले फन्टुस गफ गर्न। यसैको परिणाम पपकर्न भनेपछि मरिहत्ते गर्ने तर हाँडीमा भुटेको मकैलाई घृणा गर्ने पुस्ता हावी बन्दै गइरहेको छ।
शिक्षकले सूचना दिन्छन् भने गुरुले ज्ञान। ज्ञानले बाँच्ने कला सिकाउँछ। तर सूचनाले फन्टुस गफ गर्न। यसैको परिणाम पपकर्न भनेपछि मरिहत्ते गर्ने तर हाँडीमा भुटेको मकैलाई घृणा गर्ने पुस्ता हावी बन्दै गइरहेको छ। कानमा लगाइएको सुनले आफ्नो विज्ञापन गर्दैन। त्यसको सौन्दर्य मानिसले बाहिरबाटै हेरेर गर्न सक्छ। जीवन असन्तोष हो, जो संग जे छ त्यसले हुँदैन पुग्दैन, जे हुँदैन त्यो चाहिन्छ। नभई हुँदैन। जे छ, जे छैन त्यसैको सन्तुलन मिलाउनु र रमाउनु सुख हो। सन्तोष पनि त्यही हो। मलाई कसैले माया गर्छ भन्ने विश्वास नै त सुख हो नि।
माओत्सेतुङले भनेका थिए- ‘जो देश र जनताका लागि मर्छ, उसको मृत्यु पहाडजस्तै ग-हौ हुन्छ। आफनो निम्ति मात्र मर्नेको मृत्यु प्वाँख जत्तिक्कै हलुका हुन्छ।’ रोटीमा जनताको पहुँच नभएसम्म केक काट्ने कामलाई पुरै बर्जित गरे। उनैका चेलाहरुलाई एउटा प्रश्न- ‘कस्तो मृत्यु रोज्ने कमरेडहरु ?’