समाचार

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै, सभापति चयन गरिने

By खबरहब

July 30, 2024

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दैछ ।

बैठक अपराह्न साढे ४ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । आजको बैठकमा समितिको सभापतिको निर्वाचनको कार्यक्रम रहेको छ ।

सभापतिमा नेपाली कांग्रेसकी सांसद कुसुम थापामगरले उम्मेदवारी दर्ता गरेकी lछन् । उनले सोमबार कांग्रेस सांसद वीरबहादुर बलायरको प्रस्ताव र एमाले सांसद सूर्य ढकालको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् । रुकुम पूर्वकी थापामगर कांग्रेसबाट समानुपातिक सांसद हुन् ।

यसअघि समितिको सभापति रहेकी डा आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेपछि नयाँ सभापति चयन गर्न लागिएको हो ।