पेरिस ओलम्पिक २०२४ मा जापानको अग्रता कायमै रहेको छ। सोमबार भएको केही खेलमा जापानले स्वाभाविक सफलता पाएको थियो भने केही खेलमा अप्रत्याशित नतिजा सहित आफूलाई अघि ल्याउन सफल भएको थियो। स्केट बोर्डिङको पुरुष स्ट्रिट फाइनलमा अनुमान गरे अनुसार नै अमेरिकाका जागेर इटन र न्युजाह हटसन अन्तिम समयसम्म अग्रता कायम गर्न सफल भएका थिए।
जापानका भुटो होरग्मिेले अन्तिममा अस्वभाविक प्रदर्शन गरेर पहिलो स्थान पाए। योसहित ६ स्वर्ण पदक भएको जापान शीर्ष स्थानमा छ भने फ्रान्स, चीन, दक्षिण कोरिया र अस्ट्रेलियाको ५ स्वर्ण पदक छ। अमेरिका ३ स्वर्ण पदकसहित छैटौँ स्थानमा छ।
जापानले सोमबार पुरुष जिम्न्यास्टिकको टिम स्पर्धाको स्वर्ण पदक जितेको हो। सो स्पर्धामा चीन दोस्रो तथा अमेरिका तेस्रो भए। सोमबारका पहिलो स्वर्ण पदक दक्षिण कोरियाले जितेको थियो। १६ वर्षीया बा ह्युजनले सुटिङको १० मिटर एयर राइफलको स्वर्ण पदक जितिन्। सो स्पर्धामा चीनका हुवान युटुङ दोस्रो तथा स्वीट्जरल्यान्डका आन्द्रेय गोगनेट तेस्रो भए।
सुटिङको १० मिटर एयर राइफल पुरुषमा चीनका सेङ लिहाओले स्वर्ण, स्विडेनका भिक्टर लिङड्रेनले रजत तथा क्रोएसियाका मिरन मारिसिकले कास्य पदक जिते। डाइभिङको पुरुष सिन्क्रोफाइज्ड १० मिटर प्लेटफर्ममा चीनले स्वर्ण, बेलायतले रजत तथा क्यानडाले कास्य पदक पाए।
इक्वेस्ट्रियनको इभेन्टिङ टिम जम्पिङमा बेलायतले स्वर्ण, फ्रान्सले रजत तथा जापानले कास्य पदक जिते। बेलायतले अर्को पदक साइक्लिङमा जितेको हो। इक्वेस्ट्रियनकै इभेन्टिङ जम्पिङमा जर्मनीका माइकल जङ पहिलो, अस्ट्रेलियाका क्रिस्टोफर बर्टन दोस्रो तथा बेलायतका लाउरा कोलेट तेस्रो भए।
साइक्लिङको पुरुष क्रस कन्ट्रीमा थोमस किडककले स्वर्ण पदक जिते। यसैगरी, फ्रान्सका भिक्टर कोरेट्जीले रजत तथा दक्षिण अफ्रिकाका एलन हाथर्लीले कास्य पदक जिते।
आर्चरीको पुरुष टिम इभेन्टमा दक्षिण कोरियाले स्वर्ण, फ्रान्सले रजत तथा ट्युनेसियाले कास्य पदक जिते। पुरुष क्यानोइ एकलमा फ्रान्सका निकोलास गेस्टिन पहिलो बेलायतका एडम बर्गस दोस्रो तथा स्लोभाकियाका माटे जेनस तेस्रो भए। पौडीको महिला चार सय मिटर मेड्लीमा क्यानडाकी समर म्याकन्टसले स्वर्ण, अमेरिकाको केटी ग्रिम्सले रजत तथा अमेरिकाकै अम्मा वेयन्टले कास्य पदक जिते।
पुरुष दुई सय मिटर फ्रिस्टाइलमा रोमानियाका डेभिड पोपोस्कीले स्वर्ण, बेलायतका म्याट रिचर्ड्सले रजत तथा अमेरिकाका लुक हबसनले कास्य पदक जिते। पौडीको सय मिटर ब्याकस्ट्रोकमा इटालीका थमस केकनले स्वर्ण, चीनका लुइ जिआओले रजत तथा अमेरिकाका रेयान मर्फीले कास्य पदक जिते। पौडीको एक सय मिटर ब्रेस्टस्टोकमा दक्षिण अफ्रिकाकी टाटजना स्मिथले स्वर्ण, चीनकी टाङ क्विन्टाङले रजत तथा आयरल्यान्डकी मोना क्यारीले कास्य पदक जिते।
पौडीको दुई सय मिटर फ्रिस्टाइल महिलामा म्याली ओ कागलनले स्वर्ण, सोही टोलीकी एरियन टिटमसले रजत तथा हङकङकी सिमोना हाउजीले कास्य पदक जिते। फेन्सिङको पुरुष फोइलमा हङकङका चेउङ लङले स्वर्ण तथा इटालीका फिलिपो माचीले रजत पदक जिते। सो स्पर्धाको कास्य पदक अमेरिकाका निक एटकिनले जिते।
फेन्सिङकै महिला साब्रेमा फ्रान्सकी मेनन इपिथीले स्वर्ण तथा सारा बलजरले रजत पदक जिते। सो स्पर्धामा युक्रेनकी ओल्गा खारुनले कास्य पदक जितिन्।
जारी ओलम्पिकमा खेलका हार र जित मा नभई अन्य केही घटना पनि चर्चामा रहे। इजिप्टकी साब्रे फेन्सर सोमबार महिलाको साब्रेमा सहभागी थिइन्। उनी अन्तिम १६ मा पनि प्रवेश गरेकी थिइन्। अन्तिम १६ मा उनले पराजयको सामना गरेकी हुन्। उनी ७ महिनाको गर्भवती समेत हुन्।
सोमबार अफ्रिकी महादेशका लागि राम्रो पक्ष भनेको पौडीको टाटजनाले जितेको स्वर्ण पदक नै हो। सो स्वर्ण पदक उनको तेस्रो ओलम्पिक पदक हो। यसअघि टेकियो ओलम्पिकमा उनले १०० मिटर ब्रेस्ट्रस्ट्रोकमा रजत तथा २ सय मिटर ब्रेस्टस्ट्रोकमा विश्व कीर्तिमान सहित स्वर्ण पदक जितेकी थिइन्।
रोनाल्ड ग्यारोसमा नाडाल टेनिसका दुई स्टार रोनाल्ड ग्यारोस क्ले कोर्टमा भेटेका थिए। सो भेटमा नोभाक जोकोभिकले राफेल नाडाललाई सहजै हराए। रोनाल्ड ग्यारोसमा खेल्दा नाडाल भाव विभोर भएका थिए। उनी हारे पनि उनीसँग कुरा गर्न सञ्चारकर्मी भुम्मिरहेको दृश्यले धेरैलाई छोएको थियो। २० वर्ष अघि सोही कोर्टबाट नाडालको उदय भएको थियो। यस बिचमा उनले १४ पटक रोनाल्ड ग्यारोसमा सफलता पाए। क्ले कोर्टका बादशाह नाडालको त्यो पुरानो लय अहिले छैन। तथापि उनले हार या जित जे भए पनि पेरिसको त्यो कोर्टमा आइपुग्दा घरमै आएको जस्तो महसुस भएको बताए।
लयमा फर्कने अमेरिकी विश्वास यस ओलम्पिकमा धेरै रजत र कास्य पदकमा सीमित भएको अमेरिकाका लागि जिम्न्यास्टिकको टिम स्पर्धाको कास्य पदक नै खुसीको विषय भएको छ। सुरुका केही दिनसम्म कमजोर देखिएको अमेरिकी टोलीले जिम्न्यास्टिकमा भने राम्रो गर्ने आशा गरेको छ। पुरुष जिम्न्यास्टिकमा अमेरिका कमजोर मानिन्छ। महिला स्पर्धामा भने अमेरिकाले सही नतिजा ल्याउने आशा गरिएको छ।
टिम गेममा महिलाको रग्बी सेभेनको खेलमा अमेरिकाले बेलायतलाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ। यसैबिच अहिले दक्षिणी सुडानको प्युरोटिका माथिको जितको विषय चर्चामा छ। सो खेलमा सुडानी टोली ९०/७९ ले विजयी भएको हो। खेलमा कार्लिका जोन्सले १९ स्कोर गरेका थिए।
यसै बिच क्यानडाले ड्रेनबाट फोटो खिचेको विषयमा लागेको प्रशिक्षक माथिको प्रतिबन्धको बारे अपिल नगरे पनि टोलीको ६ अङ्क घटाइएको विषयमा अपिल गर्ने जनाएको छ। स्रोतः ओलम्पिक, बिबिसी, सिएनएन