राजनीति

बागमतीका मुख्यमन्त्री लामालाई विश्वासको मत : पक्षमा ६४, विपक्षमा ३५

By खबरहब

July 30, 2024

हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् ।

मंगलबार बसेको बागमती प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको हो ।

मतसम्बन्धी प्रस्तावमा भएको मतविभाजनका क्रममा मुख्यमन्त्री लामालाई ६४ मत प्राप्त भएको छ । विपक्षमा ३५ मत प्राप्त खसेको छ ।

त्यस्तै ३ सांसद तटस्थ बसे । बागमती प्रदेशसभाका सभामुख भुवन पाठकले मुख्यमन्त्री लामाको पक्षमा आएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे।

कांग्रेस संसदीय दलका नेता लामा गत साउन ८ गते एमाले र कांग्रेसको गठबन्धनबाट बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।