मनोरञ्जन

आजबाट हलमा ‘वर एण्ड वधु’

By खबरहब

August 30, 2024

काठमाडौं– नायिका आँचल शर्मा र नायक विवेक कर्मचार्य शीर्ष भूमिकामा रहेको फिल्म ‘वर एण्ड वधु’ आजबाट प्रदर्शनमा आएको छ ।

यस फिल्ममा नायक विजय लामा, नायिका गरिमा शर्मा, कलाकार हिमेश पन्त, हास्य कलाकार किरण केसीलगायतको अभिनय रहेको छ ।

विवेकको यो डेब्यू फिल्म हो । मिलन चाम्सले निर्देशन गरेको यो फिल्म रोमनिया, इटाली र फ्रान्समा छायांकन भएको बताइएको छ ।

यो फिल्म प्रदीप भारद्वाजले लेखेका हुन् । एलआरे इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस फिल्ममा जानुका थापाको लागनी रहेको छ ।

अघिल्लो साता प्रदर्शनमा आएका दुई फिल्म ‘नमेटिने घाउ’ र ‘सतिदेवी’ पनि हलमा चलिरहेका छन् । आज यी  दुवै फिल्मले कम शो पाएका छन् ।