आर्थिक

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

By खबरहब

August 30, 2024

काठमाडौं– आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

शुक्रबार सुन तोलामा ३ सयले घटेर एक लाख ५२ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बिहीबार सुनको मूल्य १ लाख ५३ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १८२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।