समाचार

धनुषाको महेन्द्रनगरस्थित आयल निगमको डिपोमा कार्यरत कर्मचारीको हत्या

By खबरहब

August 30, 2024

जनकपुरधाम– धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या भएको छ । हत्या हुनेमा सिरहाको सिरहा नगरपालिका ३ मखनाहाका ४० वर्षीय राकेश बर्मा छन् । उनी ज्यालादारीमा कर्मचारी थिए ।

आयल निगमको एउटा कोठामा वादविवादको क्रममा उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन आवाले जानकारी दिए । 

घटनामा संलग्न भएको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका -४ का प्रकाश यादव रहेका छन । घटनाको विषयमा थप अनुसन्धान भैरहेको डीएसपी आवाले बताए ।