अन्तर्राष्ट्रिय

भारत र जापानले रक्षा सहकार्य बढाउँदै लैजाने

By खबरहब

August 30, 2024

काठमाडौं– भारत र जापानबीच रक्षा सहकार्यलाई वृद्धि गर्दै जाने सहमति भएको छ । दुई मुलुकबीच भएको उच्चस्तरीय बैठकका क्रममा रक्षा सहकार्य बढाउँदै लैजाने सहमति भएको हो ।

रक्षा तथा विदेशमन्त्रीहरुको उच्चस्तरीय बैठकमा विश्वव्यापी तथा क्षेत्रीय वातावरण जटिल बन्दै गएकाले दुवै मुलुक सहकार्य बढाउँदै लैजान सहमत भएका हुन् । यस बैठकका लागि जापानी मन्त्रीहरू भारत आएका थिए ।

जापानी मन्त्रीहरूसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटवार्ता गर्दै सहकार्य वृद्धि गर्ने विषयमा छलफल गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

भेटवार्ताका क्रममा संवेदनशील खनिज पदार्थ, सेमिकन्डक्टर र रक्षा उत्पादनमा सहकार्य थप बढाउने विषयमा चर्चा भएको जनाइएको छ ।