समाचार

योगश भट्टराईलाई ‘जनकारबाही’ गर्ने चेतावनी

By खबरहब

August 30, 2024

काठमाडौं । नेपाल कम्युनष्टि पार्टी (माओवादी) ले एमालेका सांसद योगश भट्टराईलाई गृह जिल्ला ताप्लेजुङमा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

भट्टराईले प्रतिनिधिससभाको बैठकमा माओवादी जनयुद्धलाई ‘हिंसा’को संज्ञा दिएको भन्दै नेकपाले गृह जिल्लामा प्रतिबन्धका साथै जनकारबाही गर्ने चेतावनी समेत दिएको हो ।

पार्टी सचिव गौरवले एक विज्ञप्ती जारी गर्दै भट्टराईले उक्त अभिव्यक्ति फिर्ता लिएर सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘उक्त टिप्पणीप्रति भट्टराईले सार्वजनिक रुपमा माफी नमागे हाम्रो पार्टीले जहाँ जुनसुकै अवस्थामा पनि जनकारबाही गर्नेछ । उनको निर्वाचन क्षेत्र गृहजिल्ला ताप्लेजुङ प्रवेशमा प्रतिबन्ध लगाउने जानकारी गराउँछौं ।’

सत्ताको उन्मादमा जनयुद्धबारे अनावश्यक टिप्पणी गर्ने जो–कोहीलाई पनि कारबाही गर्ने पार्टीले चेतावनी दिएको छ ।

यस्ताे छ विज्ञप्ती