तस्बिर : रोयटर्स

अन्तर्राष्ट्रिय

रसियाले खसाल्यो अमेरिकी एफ–१६ फाइटर, पाइलट पनि मारिए

By खबरहब

August 30, 2024

काठमाडौं – अमेरिकाले पहिलो चरणमा युक्रेनलाई दिएकोमध्ये एउटा एफ–१६ फाइटर जेटलाई रसियाले किन्झल मिसाइल हानेर ध्वस्त पारिदिएको छ। यस क्रममा युक्रेनी वरिष्ठ पाइलट ओलेक्सी मेस पनि मारिएका छन् ।

उता युक्रेनी सेनाले भने समन्वय हुन नसक्दा अमेरिकी प्याट्रियट रक्षा प्रणालीले झुक्किएर निशाना बनाउँदा अमेरिकी फाइटर जेट ध्वस्त भएको दाबी गरेको छ ।

युक्रेनी राष्ट्रपति भ्लोदमीर जेलेन्स्कीले मंगलबार आधिकारिक रूपमा अमेरिकी निर्मित एफ– १६ लाई रुसी ड्रोन र क्षेप्यास्त्रहरू खसाल्न तैनाथ गरिएको पुष्टि गरे।

नेटो राष्ट्रहरूबाट अमेरिकी एफ–१६ लडाकु विमान जुलाईमा युक्रेनलाई प्रदान गरिएको थियो । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्सकीले लामो समयदेखि मागिरहेको अमेरिकामा निर्मित एफ–१६ लडाकु विमान दिन अमेरिकी राष्ट्रपति जो बाइडेनले मे २०२३ मा सहमति दिएको १४ महिनापछि एफ–१६ लडाकु विमान युक्रेन पठाइएको थियो । त्यसमध्ये एउटा विमान रसियाले ध्वस्त पारिदिएकाे हाे।