फाइल फोटो

आर्थिक

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

By खबरहब

September 30, 2024

काठमाडौं–  सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज सुन तोलाको एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुनको मूल्य एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर १९४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।