फोटो फिचर

बाढीले बेहाल नख्खु क्षेत्र, लेदो र माटोले भरिए घर (तस्बिरहरू)

By खबरहब

September 30, 2024

काठमाडौं- यही शुक्रबार र शनिबार आएको बाढीका कारण काठमाडौं उपत्यकामा सबैभन्दा क्षति ललितपुर जिल्लामा भएको छ ।

यो जिल्लामा हालसम्म ३१ जनाभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । ललितपुरमा खासगरी नख्खु खोलाको बाढीले ठूलो क्षति गरेको छ ।

अविरल वर्षापछि नख्खु खोलामा उर्लिएको बाढी पस्दा करिडोर क्षेत्रका कुनै पनि घर तत्काल बस्नलायक रहेका छैनन् ।

करिडोरका एकतले घरभरी माटो र लेदो भरिएको छ । टिनका घरहरू प्राय: सबैलाई बाढीले बगाएको छ । पक्की घर पनि बस्नै नमिल्ने अवस्थामा छन् ।

आइतबारबाट पानी पर्न रोकिएसँगै यस क्षेत्रका मानिसहरू घरभरी भरिएको माटो र लेदो सफा गर्न संघर्ष गरिरहेका छन् ।

बाढीले क्षति गरेर जोगिएका सामानहरू अहिले त्यसक्षेत्रका बासिन्दा धमाधम सुरक्षित स्थानतर्फ सारिरहेका छन् । घरमा पसेको लेदो र माटो व्यवस्थापन गर्न यस क्षेत्रका बासिन्दालाई हम्मे हम्मे परेको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी