काठमाडौं – नेपाल र बङ्गलादेशबीचको जारी खेलको पहिलो हाफ बराबरीमा सकिएको छ ।
काठमाडौँस्थित दशरथ रङ्गशालामा जारी साफ महिला च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको हो ।
पहिलो हाफमा नेपाल र बङ्गलादेश दुवैले गोल गर्ने केही अवसर पाएपनि गोल गर्न सकेका थिएनन् ।
साफ फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंहलगायतका विशिष्ट व्यक्तिहरू रङ्गशाला पुगेका छन् ।