खेलकुद

आहा रारा गोल्डकप सेमिफाइनल : आज थ्रीस्टार र जावलाखेल भिड्ने

By खबरहब

January 31, 2024

काठमाडौँ– २३औँ संस्करणको आहा रारा गोल्डकप फुटबलमा आजबाट सेमिफाइनलका खेल सुरु हुँदैछन् ।

पोखरा रंगशालामा दिउँसो साढे २ बजे सुरु हुने पहिलो सेमिफाइनलमा थ्रीस्टार र जावलाखेलबीच प्रतिस्पर्धा हुनेछ ।

आजको खेलमा दुवै टोली जित निकाल्दै फाइलनमा प्रवेश गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन् ।

थ्री स्टार भुटानको पारो फुटबल क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो भने जावलाखेलले मनाङ मर्स्याङ्दीलाई हराएको थियो ।

एक विदेशीसहित १२ टिम सहभागी प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एकहजार रुपैयाँ पुरस्कार पाउने छन् ।

यही माघ ९ देखि सुरु भएको प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ ।