जीवनशैली

चिसो समयमा ओठ फुट्ने समस्या यसरी समाधान गर्नुहोस्

By खबरहब

January 31, 2024

काठमाडौँ– चिसो मौसम शुरु भएसँगै धेरै जनालाई ओठ फुट्ने समस्याले सताउने गर्छ । चिसोमा ओठ फुट्दा घाउ सानो देखिए पनि पीडा निकै हुने गर्छ ।

जाडो मौसममा थाइराइड, इन्डोक्राइन जस्ता ग्रन्थीमा समेत रगतको मात्र कम भएर  ओठ फुट्न सक्ने चिकित्सकहरू बताउँछन् ।

ओठ फुटेपछि  पोल्ने, बोल्न नमिल्ने, खाना खान गाह्रो हुने र ओठबाट रगत समेत बग्न थाल्छ ।

यस कारण फुट्छ ओठ   – चिसो तथा सुख्खा मौसम – हरियो सागसब्जी तथा फलफूल नखाँदा – पानीको मात्रा कम भएर – कम गुणस्तरको लिपबाम तथा लिपिस्टिक लगाउँदा – बारम्बार जिब्रोले ओठ चलाउँदा – जाँडरक्सी र चुरोट धेरै खाँदा

यस्तो समस्याबाट कसरी छुटकारा पाउने त ? – सबै भन्दा पहिला ओठ फुट्ने समस्या भएका व्यक्तिले ओठलाई बारम्बार जिब्रोले चलाउनु हुँदैन, यसो गर्दा ओठको छाला सुख्खा भइ फुट्ने      गर्छ । – बाहिर निस्किँदा चिल्लो पदार्थहरू जस्तै :  मह, घिउ, नरिवलको तेल, दूधको तर वा लिपबाम लगाउनु पर्छ यसो गरेमा ओठ फुट्ने सम्भावना     कम हुन्छ । – यो मौसममा धेरै धुमपान र मद्यपान गर्नाले पनि ओठ फुट्ने समस्या देखा पर्दछ त्यसैले यस्ता पदार्थबाट टाढा रहनु पर्ने चिकित्सकहरू                बताउँछन् । – ओठमा जमेका मृत छाला औँला अथवा नङले कोट्याएर निकाल्ने गर्नहुँदैन । यसो गर्दा घाउ भएर समस्या झन बढ्दै जान्छ । – जाडोमा धेरैले पानी कम खाने गर्ने कारण पनि ओठ लगायत शरीरका छालाहरु फुट्ने गर्छन् त्यसैले प्रशस्त मात्रामा पानी पिउनुपर्छ । – बाहिर बजारमा पाइने विभिन्न प्रकारकf लिपिस्टिक ओठमा लगाउनु हुँदैन । – यदि ओठ फुटेर घाउ नै भयो भने एन्टिबायोटिक क्रिम लगाउनुपर्छ ।