खेलकुद

एएफसी एसियन कप : दक्षिण कोरिया क्वार्टरफाइनलमा प्रवेश

By खबरहब

January 31, 2024

काठमाडौँ– एएफसी एसियन कप फुटबलमा दक्षिण कोरिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा साउदी अरेबियालाई टाईब्रेकरमा ४–२ गोलले हराउँदै दक्षिण कोरिया क्वार्टरफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवैतर्फबाट १–१ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा दुवैतर्फबाट कुनै गोल नहुँदा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा दक्षिण कोरिया ४–२ गोल अन्तरले विजयी भएको हो ।

खेलको ४६औँ मिनेटमा साउदी अरेबियाका अब्दुल्लाह रडिफले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर दोस्रो हाफको इन्जुरी समयमा दक्षिण कोरियाका चो गुए संगले गोल गरेपछि खेल बराबरी हुन पुगेको थियो । त्यसपछि खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा पुगेको थियो ।