खेलकुद

प्रिमियर लिग : आर्सनलसँग नोट्टीङघम पराजित

By खबरहब

January 31, 2024

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । गएराति सम्पन्न खेलमा नोट्टीङघम फरेस्टलाई २–१ गोलले हराउँदै आर्सनलले जित निकालेको हो ।

आर्सनलको जितमा गाब्रियल जिसस र बुकायो साकाले एक–एक गोल गरेका थिए । यस्तै, नोट्टीङघम फरेस्टका लागि टाईवो अवोनलयीले एक गोल फर्काएका थिए ।

यो जितपछि आर्सनल २२ खेलबाट ४६ अंक बटुल्दै अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । आर्सनल शीर्षस्थानमा रहेको लिभरपुलभन्दा २ अंकले पछाडि छ । यद्यपि लिभरपुलले एक खेल कम खेलेको छ ।

त्यस्तै, नोट्टीङघम २२ खेलबाट २० अंकका साथ लिगमा १६औँ स्थानमा रहेको छ ।