समाचार

अध्यक्ष ओलीद्वारा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन

By खबरहब

January 31, 2024

सिन्धुपाल्चोक– पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाँउपालिकाको प्रशासकीय भवनको उद्घाटन गरेका छन् । 

बुधबार अध्यक्ष ओलीले ११ करोड ९४ लाख लागतमा गाउँपालिकाको वडा नं ६, थाङ्पालधापमा बहुपहिचानसहित निर्माण भएको प्रशासकीय भवनको उद्घाटन गरेका हुन् । 

उनले पाँचपोखरी महादेवको समेत दर्शन गरेका थिए ।