आर्थिक

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

By खबरहब

January 31, 2024

काठमाडौं– नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मंगलबार दोहोरो अंकले बढेको सेयर बजार बुधबार २१.६७ अंकले घटेर २०९७.९३ विन्दुमा आएर बन्द भएको छ । 

आज ३१३ कम्पनीको १ करोड ४७ लाख ७७ हजार १२० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड ५६ लाख ५ हजार ५७ रुपैयाँको कारोबार भएको छ । 

२९ कम्पनीको सेयर मूल्य बढ्दा २१५ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।