क्रिकेट

नेपालले गुमायो चौथो विकेट

By खबरहब

January 31, 2024

काठमाडौं– आईसीसी यू १९ विश्वकपको सुपर सिक्समा नेपालले चौथो विकेट गुमाएको छ । दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ९१ रन जोड्दा चौथो विकेट गुमाएको हो ।

बंगलादेशविरुद्ध जारी खेलको २७ ओभर ४ बलमा नेपालका कप्तान देव खनाल आउट भए । तीन चौका प्रहार गरेका उनले ६० बलमा ३५ रन बनाए । उनी जिशन आलमको बलमा महफुजुर रहमानबाट क्याच आउट भए ।

देव खनालको ठाउँमा गुल्शन झा क्रिजमा आएका छन् ।