खेलकुद

आसिफको शतकका बावजुत कणालीसँग एपीएफको हार, शीर्ष ४ मा रहन असफल

By खबरहब

January 31, 2024

काठमाडौं – आसिफ शेखले शतक प्रहार गरेको खेलमा नेपाल एपीएफ क्लब कर्णाली प्रदेशसँग २१ रनले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको कर्णालीले ४४.१ ओभरमा सबै विकेट गुमाएर २०६ रन बनाएको थियो । २०७ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले ४४ ओभरमा आफ्ना सबै विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । एपीएफका ओपनर आसिफ १०८ रनको शतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन् ।

एक समय ९२-६ को अवस्थामा पुगेको एपीएफलाई आसिफ र अमर राउटेलाले राम्रो साझेदारी गर्दै जितको सम्भावना देखाएका थिए ।

आसिफ १०८ रनमा आउट भएपछि एपीएफको तर्फबाट कोही पनि खेलाडी क्रिजमा टिक्न सकेनन् । राउटेला २८ रनमा नटआउट रहे ।

यो हारले एपीएफले थ्री डे एलिट ट्रफी खेल्न नपाउने भएको छ । त्रिभुवन आर्मी, नेपाल पुलिस, मधेश प्रदेश र बागमती प्रदेशले शीर्ष ४ मा रहँदै एलिट ट्रफी खेल्नेछन् ।