क्रिकेट

नेपालले गुमायो छैटौँ विकेट, ३ रन बनाएर दीपक बोहोरा आउट

By खबरहब

January 31, 2024

काठमाडौं– आईसीसी यू १९ विश्वकपको सुपर सिक्समा बंगलादेशविरुद्ध नेपालले अहिले टस जितेर ब्याटिङ गरिरहेको छ ।

दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ । खेलको ३६ ओभर ५ बलमा दीपक बोहोरा आउट भए ।

आउट हुनुअघि ११ बलमा उनले केबल ३ रन जोडे । उनलाई बंगलादेशका शेख परभेज जीवनले आउट गरेका हुन् । अहिले दीपकको स्थानमा दिपेश कँडेल क्रिजमा आएका छन् ।