फाइल फोटो

औषधी/उपचार

मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिने

By खबरहब

January 31, 2024

लहान- लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच निःशुल्क मोतिविन्दुको शल्यक्रियाका लागि सम्झौता भएको छ । सम्झौताअनुसार एक हजार लहानवासीको निःशुल्क शल्यक्रिया गरिनेछ ।

सम्झौता पत्रमा नगरप्रमुख महेश चौधरी र अस्पताल सञ्चालक समिति अध्यक्ष रवीन्द्रलाल चौधरीले हस्ताक्षर गरे । नगरपालिकाको आर्थिक सहयोग र अस्पतालको प्राविधिक सहयोगमा लहानका वडामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिनेछ ।

लहान नगरपालिकाले गतवर्ष पनि एक हजार जनामो मोतिवन्दुको शल्यक्रिया र सात हजारभन्दाबढीको जाँच उपचार गराएको थियो ।