क्रिकेट

विशाल बिक्रम केसी ४८ रनमा आउट

By खबरहब

January 31, 2024

काठमाडौं – आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा बंगलादेशविरुद्ध ब्याटिङ गरिरहेको नेपालको आठौं विकेट गएको छ ।

नेपालको आठौं विकेटका रुपमा विशाल बिक्रम केसी ४८ रनमा आउट भए । एक इन्डबाट निरन्तर विकेट झर्दा नेपालको क्रिज सम्हालेका केसीले १ सय बल खेलेर ६ चौकाको मद्दतमा ४८ रन बनाए ।

अहिले क्रिजमा सुवास भण्डारी र आकाश चन्द रहेका छन् ।