क्रिकेट

नेपालले पूरा गर्‍यो १ सय ५० रन

By खबरहब

January 31, 2024

काठमाडौं– आईसीसी यू १९ विश्वकपको सुपर सिक्समा बंगलादेशविरुद्ध नेपालले अहिले टस जितेर ब्याटिङ गरिरहेको छ ।

दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी खेलमा नेपालको १ सय ५० रन पूरा भएको छ ।

खेलको ४७ ओभर ३ बलमा इकबाल होसेन एमोनको बलमा दुर्गेश गुप्ताले ४ लेग बाइ बटुलेपछि नेपालको १ सय ५० रन पूरा भएको हो । अहिले नेपालले ९ विकेट गुमाइसकेको छ भने क्रिजमा दुर्गेश र सुवास भण्डारी छन् ।