समाचार

पूर्वअर्थमन्त्री पौडेलद्वारा आईसीपी क्षेत्रको अवलोकन 

By खबरहब

January 31, 2024

काठमाडौं– पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले रूपन्देहीको भैरहवामा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आईसीपी) क्षेत्रको अवलोकन तथा निरीक्षण गरेका छन् ।

बुधबार निरीक्षण गदै पौडेलले यो आयोजना (आईसीपी) छिटो र गुणस्तरीय बनोस् भन्ने कुरामा आफूहरूको चासो रहेको बताए । रूपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका पौडेलले बीचमा आईसीपी निर्माणमा केही अवरोध आएको र त्यसलाई हटाइएको बताए । 

पौडेलले आईसीपी दुई देशबीचको व्यवसायिक कारोबार तथा व्यापारका लागि अत्यन्तै महत्वपूर्ण मानिने बताए ।

नेपाल-भारतबीचको व्यापारलाई सहजीकरण गरी दुई देशबीच आयात निर्यातमा सहजता ल्याउने उद्देश्यले आईसीपी निर्माणको सम्झौता भएको थियो ।