सांकेतिक तस्बिर

समाचार

नक्कली नोटसहित दुईजना पक्राउ

By खबरहब

January 31, 2024

सर्लाही– मलंगवा नगरपालिका-३ नगरपालिका चोकबाट १ हजार रुपैयाँ दरको २ वटा नक्कली नोटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने नसारु खान र उनकै श्रीमती ३२ वर्षीया नसारा खातुन रहेका छन् । 

उनीहरूले नक्कली नोट लिएर अण्डा किन्ने क्रममा बाद-बिवाद भइरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नोटसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।