सांकेतिक तस्बिर

देश/प्रदेश

बुहारीको हत्या आरोपमा सासू पक्राउ

By खबरहब

January 31, 2024

काठमाडौं- सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिकामा एक महिलाको हत्या भएको छ । बलरा नगरपालिका–४, जब्दी गाउँकी २१ वर्षीया पूजादेवी सहनीको हत्या भएको हो ।

पूजादेवी गत मङ्गलबार बेलुका आफ्नै घरभित्र खाटमा मृत अवस्थामा फेला परेकी थिइन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृतकको शरीरमा चोटपटक रहेको छ ।

प्रहरीले मृतक पूजादेवीकी सासू बनारसी देवी सहनीलाई नियन्त्रणमा लिइ घटनाको थप अनुसन्धान थालेको छ । घटनापछि मृतकका श्रीमान् छोटेलाल सहनी र ससुरा जयनारायण सहनी फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।