क्रिकेट

सुवास भण्डारी चम्किँदा बंगलादेशले गुमायो तेस्रो विकेट

By खबरहब

January 31, 2024

काठमाडौं- आईसीसी यू १९ विश्वकप क्रिकेटको सुपर सिक्समा अहिले नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ । दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी खेलमा नेपालले दिएको १ सय ७० रनको लक्ष्य पछ्याउँदै बंगलादेशले जवाफी ब्याटिङ गरिरहेको छ ।

खेलमा बंगलादेशले तेस्रो विकेट गुमाएको छ । तीनै विकेट नेपालका सुवास भण्डारीले लिएका हुन् । बंगलादेशका जिशन आलम ५५ रन बनाउँदै आउट भए । ४३ बलको सामना गरेका उनी १५ ओभर ३ बलमा आउट गरेका हुन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेल सकिन एक बल बाँकी रहँदा १ सय ६९ रनमा अल आउट भएको थियो ।

नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाए । १ सय बल खेलेका उनले ६ चौका प्रहार गरेका थिए । त्यसैगरी, कप्तान देव खनालले ३५ रन जोडे । ६० बल खेलेका उनले ३ चौका प्रहार गरेका थिए ।

त्यसैगरी, सुवास भण्डारीले १८ रन बनाए । उता बंगलादेशका रोहनत दौलाह बोर्सनले चार विकेट लिए भने शेख परभेज जीवनले तीन विकेट लिए ।